राहदानी तयार भई दूतावासमा प्राप्त भएका आवेदकहरूको नामावली ।

विद्युतीय राहदानी प्राप्त भएको  सूचना ! विद्युतीय राहदानी(e-passport) का लागि आवेदन दिने आवेदकहरूको राहदानी तयार भै यस दूतावासमा प्राप्त भएको व्यहोरा इमेल मार्फत जानकारी भएकै होला । कुनै कारण बस जानकारी प्राप्त नभएको भएमा तपसिलका व्यक्तिहरूको राहदानी तयार भइ दूतावासमा प्राप्त भएको व्यहोरा जानकारीका लागि सूचित गरिएको छ । राहदानी प्राप्त गर्न निम्न अनुसार गर्नु होला ।  क) दूतावासमा स्वयं

ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

  नेपाली राजदूतावास कोपेनहेगने, डेनमार्कको ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही अक्टोबर महिनाको १९  तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । मितिः 19 अक्टोबर 2023 

हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही अक्टोबर महिनाको १२ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन लगायतका कन्सुलर सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । मितिः 12 October 2023 समयः           10:00 – 17:00

१२.५ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ “क” (५ वर्षे) विक्रि खुला भएको सूचना ।

नेपाल सरकारको १२.५ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ “क” (५ वर्षे) मिति २०८९ फागुन १४ देखी २०८९ चैत्र ३ सम्म विक्री खुल्ला हुने जानकारी नेपाल राष्ट्र बैङ्क मार्फत प्राप्त हुन आएको छ । रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिकहरू तथा विदेशमा बसोबास गर्ने गैर-आवासीय नेपालीहरूले उक्त बचत पत्रमा लगानजी गर्नका लागि नेपाल राष्ट्र

Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना ।

दूतावास बन्द रहने बारेको सूचना । (Notice regarding the closure of the Embass) नेपाल सरकारको निर्णय अनुसार पृथ्वी जयन्तीको अवसरमा मिति २०६९ पौष २७ गते बुधवारका दिन यस दूतावास बन्द रहने व्यहोरा जानकारी गराउँछौ । पुनश्च: भिसा तथा राहदानीका लागि पहिलानै समय लिएकोमा सो सेवा खुला रहने जानकारी गराउँछौ । As per the decision of the Government of Nepal, Council

COVID-19 भाइरस सम्बन्धमा दूतावासको अनुरोध

१. माननीय उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार युरोप, पश्चिम एसिया, तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई २०७६ चैत्र

Urgent Notice: Travel Restrictions

All the passengers coming through direct flights, having a transit at, or taking the first flight of their origin from Europe, West-Asia and all the Gulf Countries, Turkey, Malaysia, South Korea and Japan are subjected to Arrival Restrictions in Nepal. This restriction will take effect from NST 24:00 hrs. 20 March 2020 til NST 24:00 12 April 2020.  (Please visit

पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्यो । उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो