सूचना: अत्यावश्यक अवस्थामा बाहेक यन्त्र वाचक राहदानी(MRP) आवेदन बन्द गरिएको सूचना ।

 

 

सूचनाः

अत्यावश्यक अवस्थामा बाहेक यन्त्र वाचक राहदानी(MRP) आवेदन बन्द गरिएको सूचना ।

नेपाल सरकारबाट चरणबद्ध रुपमा विद्युतीय राहदानी लागू भइरहेको र यस राज दूतावासबाट पनि ढिलोमा आगामी १ महिना भित्रमा  विद्युतीय राहदानी जारी गर्ने कार्य शुरु गरिने व्यहोरा सहर्ष जानकारी गराउँछौं । वैदेशिक यात्रा गर्नको लागि  विद्युतीय राहदानी यन्त्र बाचक राहदानीको तुलनामा अझ सहज र भरपर्दो हुने भएकोले अव विद्युतीय राहदानीका लागि मात्र आवेदन दिनुहुन सम्पूर्ण सेवाग्राहीमा दूतावास अनुरोध गर्दछ । तसर्थ, हाललाई मिति २०७८ फागुन १६(२८ फेब्रुअरी २०२२) देखि  अत्यावश्यक अवस्थामा बाहेक यस दूतावासबाट हालको यन्त्र वाचक राहदानीको लागि दिइने आवेदन बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा   सूचित गर्दर्छौं । अत्यावश्यक परी तुरुन्तै राहदानी चाहिने अवस्था परेमा दूतावासमा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्दर्छौं  ।

25 February 2022

Embassy of Nepal, Copenhagen