विजयादशमी २०७६ को कार्यक्रम सम्बन्धी सूचना !

 (सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई दिदीबहिनीहरु)

नेपाली राजदूतावास, डेनमार्कले वडादशैं २०७६ को अवसरमा विजयादशमीका दिन निम्न समय र स्थानमा वडा दशैंको कार्यक्रम गर्दैछ:

Venue: Ehlersvej 8, 2900 Hellerup (Residence of the Ambassador)

Date and Time: Tuesday, 08 October 2019, 12:00 hours to 18:00 hours

Contact Details: Tel: +4544444035/26, Email: eoncopenhagen@mofa.gov.np

उक्त कार्यक्रममा टीकाको दिन मध्यान्ह १२ बजेदेखि बेलुका ६ बजे सम्म यहाँहरुलाई अनुकुल हुने कुनै समयमा टिका-जमरा तथा प्रसाद ग्रहण र शुभकामना आदानप्रदानका लागि सहभागी हुनुहुन यो सूचना मार्फत् अनुरोध गरिन्छ ।

यहाँहरु सबैलाई विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।

नेपाली राजदूतावास

कोपनहेगन ।