नर्वे(ओस्लो), स्टकहोम(स्वीडेन) तथा हेलसिन्की(फिनल्याण्ड) मा घुम्ति सेवा उपलब्ध गराइने सूचना ।

यस दूतावासको सकभर दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप यस पटक निम्न मिति र समयमा निम्न अनुसारका सेवा उपलब्ध गराइने भएकोले आ-आफ्नो पायक पर्ने स्थानबाट सेवा लिनु हुन सूचित गरिएको छ ।

1. Stockholm, Sweden (e-Passport Application and Power of Attorney)

2 July 2022      15:00 – 16:00 hrs

3 July 2022      10:00 – 11:00 hrs

कार्यक्रम स्थलः Hotel Rex Petit: Luntmakargatan 73, Vasastan, 11351 Stockholm ।

यस सम्बन्धी थप जानकारीका लागि +4553266563 मा प्रत्येक दिन विहान ९:०० बजे देखी ११ बजे सम्म वा दूतावासको नम्बरमा सम्पर्क गर्नु होला

2. Helsinki , Finland (e-Passport Application and Power of Attorney)

4 July 2022      15:00 – 18:00 hrs

6 July 2022      14:00 – 18:00 hrs

कार्यक्रम स्थलः Puotilanmetrokatu 4as 00910 Helsinki, Finland

यस सम्बन्धी थप जानकारीका लागि जुलाई ४ देखी ६ सम्म फोन नम्बर +4553266563 मा प्रत्येक दिन विहान ९:०० बजे देखी ११:०० बजे सम्म वा दूतावासको फोन नम्बरमा सम्पर्क गर्नु होला)

3. Oslo, Norway (e-Passport Application)

9 July 2022      13:00 – 17:00 hrs

10 July 2022    09:00 – 11:00 hrs

कार्यक्रम स्थलः Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA Office), Near by Økern metro Station । यस सम्बन्धी थप जानकारीका लागि जुलाई ८ देखी १० सम्म फोन नम्बर +4571639456 मा प्रत्येक दिन विहान १०:०० बजे देखी १२:०० बजे सम्म वा दूतावासको नम्बरमा सम्पर्क गर्नु होला

राहदानी आवेदन दिने तरीका

माथि उल्लिखित स्थानहरूमा राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

  • दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान NE, Copenhagen छनौट गर्नुहोस् । माथि उल्लिखित मितिमा समय उपलब्ध नहुन सक्छ । तसर्थ उपलब्ध कुनै पनि मितिमा Appointment छनौट गर्नुहोस् ।
  • राहदानी आवेदन पुरा भए पश्चात् तपाइले फाराम डाउनलोड गर्नु पर्दछ ।
  • डाउनलोड गरिएको फारामको छेउमा बारकोड हुन्छ । त्यसको तल रहेको फाराम नम्बर (तल चित्रमा देखाए अनुसारको कोड) टाईप गरी verification का लागि डाउनलोड गरिएको फाराम सहित दूतावासको इमेल nepalpassport@gmail.com मा अनिवार्य रुपमा पठाउनु होस् ।

याद गर्नुहोस् फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि इमेल मार्फत verify गरेको confirm नभएमा फोन मार्फत सम्पर्क गर्नु होला ।

  • डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति वा मोवाइलमा डिजिटल प्रति तथा अन्य आवश्यक कागजात सहित माथि उल्लिखित स्थान मध्ये आफूलाई अनुकूल हुने स्थानमा र समयमा स्वयं आउनु होस् (फाराम भर्दा छनौट गरेको मितिमै आउनु पर्ने होईन) ।
  • तोकिएको स्थानमा तपाइँको राहदानी आवेदनका लागि आवश्यक कागजात रूजु गरी राजस्व दस्तुर बुझाउन लगाइने छ । राजस्व रकम Bank Transfer गरी पठाउनु पर्ने छ ।
  • राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ । यसका लागि यहाँ क्लिक गर्नु होस ।

नेपाली दूतावास

कोपनहेगेन

२९ जुन २०२२