वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६
यस दूतावासको कार्यक्षेत्र अन्तर्गत डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लाट्भिया तथा लिथुआनिया पर्ने भएकोले यात्रा अनुमति पत्रका लागि उक्त मुलुकहरूमा रहेका नेपालीहरूले यस दूतावासमा आवेदन दिन सक्नेछन् ।
विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्कनका लगि दूतावासले एकपाने यात्रा अनुमतिपत्र जारी गर्दछ । आफूलाई तत्काल नेपाल फर्कनु पर्ने तर मान्य राहदानी नभएको र नयाँ बनाउन पनि समय अभाव भएको अवस्था भएमा नेपाल फर्कनका लागि दूतावासमा यात्रा अनुमतिपत्रका लागि आवेदन दिन सकिन्छ । यस्तो यात्रा अनुमति पत्र लिएर अन्य देशमा यात्रा गर्न सकिँदैन र केवल नेपाल फर्कनका लागि मात्र मान्य हुन्छ । विदेशमा रहेको बखत राहदानी हराएको, नासिएको, म्याद सकिएको वा पाना सकिएको वा अन्य कारणले अमान्य भएमा वा राहदानी नबनाएका विदेशमा जन्मेका सन्ततिहरू सहित तुरुन्त नेपाल फर्कनु पर्ने अवस्था आएमा आवश्यक कागजात सहित यात्रा अनुमति पत्रका लागि आवेदन दिन सकिने छ । यात्रा अनुमति पत्रका लागि आवश्यक कागजात सहित रीत पूर्वक आवेदन पर्न आएमा व्यक्ति स्वयं उपस्थित भएकोमा तुरुन्त र हुलाक मार्फत पठाइएको आवेदनको हकमा प्राप्त भएको भोलिपल्ट यात्रा अनुमति पत्र जारी गरिन्छ । यस्तो यात्रा अनुमति पत्रको म्याद जारी भएको मितिले ९० दिनको हुन्छ ।
यात्रा अनुमति पत्रका लागि यस नियोगमा आवेदन दिँदा स्वयं उपस्थित भई वा स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा कुरियर मार्फत पनि आवेदन दिन सकिनेछ । आवेदन दिँदा निम्न कागजात पेश गर्नु पर्ने र नियमानुसारको राजस्व दस्तुर बुझाउनु पर्ने छ ।
क) रीत पूर्वक भरिएको आवेदन फाराम २ प्रति(फारामको लागि यहाँ क्लिक गर्नु होस, फाराम भर्ने सहज जानकारीका लागि यहाँ क्लिक गर्नु होस),
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति र नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालक परिचय पत्र र आमा-बाबु दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
तर विदेशमा जन्मिएका र नागरिकता वा नाबालिग परिचयपत्र नभएका नेपाली आमा बुवाका सन्तानको हकमा जन्म दर्ता प्रमाणपत्र उपलब्ध गराउनु पर्ने छ ।
ग) पुरानो राहदानी भएमा सो को सक्कल र प्रतिलिपि एक प्रति,
घ) स्वयं उपस्थित नहुने आवेदकको हकमा आवेदक उक्त देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)
ङ) ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागि यहाँ हेर्नु होला) ।
क) राजस्व दस्तुरः डेनिश क्रोनर ४००।००
१) यात्रा अनुमति पत्रका लागि राजस्व बैकबाट वा अनलाइन मार्फत पठाउँदा बैङ्क दस्तुर बापत हाल ५० क्रोनर लाग्ने गरेको छ । तसर्थ माथिको रकम पठाउँदा ५० क्रोनर थप पठाउनु पर्ने वा पठाउनका लागि प्रेषकले दस्तुर बेहोर्ने गरी विकल्प छनोट गर्नु पर्नेछ । सो नभएमा तोकिएको राजस्वको रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।
२) यदी यात्रा अनुमति पत्र हुलाक मार्फत पठाउनु पर्ने रहेछ भने हुलाक खर्च समेत आवेदकले बेहोर्नु पर्ने छ । जसका लागि निम्न अनुसारको थप शुल्क पठाउनु पर्ने छ ।
३) राजस्व रकम अपुग भएमा पुनः पठाउँदा पुनः बैङ्क कमिसन तिर्नु पर्ने भएकोले रकम पठाउँदा जति रकम लाग्ने हो यकिन गरेर मात्र पठाउनु होला ।
यात्रा अनुमति पत्र सम्बन्धी थप जानकारीका निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Email: nepalpassport@gmail.com
Telephone: Telephone: (+45) 44 44 40 26/35
साथै यस सम्बन्धी थप जानकारीहरू राहदानी विभागको वेब पेज https://nepalpassport.gov.np/ मा समेत हेर्न सकिने छ ।