वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
नेपाली राजदूतावास, कोपेनहेगनले नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।
यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १५ – १७ फेव्रुअरी २०२६ तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने र कन्सुलर सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
राहदानी आवेदनका लागिः मितिः १५-१६ फेव्रुअरी २०२६ समयः बिहान १० बजे देखि बेलुका ६ बजेसम्म र कन्सुलर सेवाका लागि मितिः १७ फेव्रुअरी २०२६ समयः बिहान ११ बजे देखि दिउसो २ बजेसम्म (कन्सुलर सेवाका लागि अनिवार्य रुपमा दूतावासमा सम्पर्क गर्नु होला) ।
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नुहोला )
कार्यक्रम स्थलः Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA NCC NORWAY)
राहदानी आवेदन दिने तरीकाः
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।
दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान ओस्लो उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
मिति निम्न अनुसार छनौट गर्नु होसः
१५ -१६ फेव्रुअरी २०२६ सम्म घुम्ती सेवा संचालन हुने भएता पनि फारम भर्ने प्रयोजनका लागि मिति १५ र १६ फेव्रुअरी २०२६ (घुम्ती सेवाको लागि मात्र) को उपलब्ध समय छान्नुहोस् र उक्त मितिको समय छनौट गरी फारम भरी राहदानी Enrollment र Biometrics का लागि सोही समयमा उपस्थित हुनुहोस र अन्य जानकारीका लागि रीता परियार (मोवाईल नं.+4746577976) र पशुपति प्रसाद भण्डारी, महासचिव (मोवाईल नं.+4748679445) संग वा गैर आवासीय नेपाली संघ नर्वेसंग समन्वय/सम्पर्क गर्नुहोस्।
यस दूतावासका लागि सम्पर्क व्यक्तिः
श्री अमृत लोप्चन
तृतीय सचिव
सम्पर्क नम्बरः+4571639456
पुनश्चः फाराम भर्दा माथिका दुबै समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ । यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः विना कारण दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला। दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस। (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस) फाराम भर्दा आवेदन दिने स्थान ओस्लो उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस्।
फाराम भर्ने तरिकाका लागी दूतावासको वेवपेजमा हेर्नु होला ।
याद गर्नुहोसः सेवाग्राहीको चापका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै, राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै, आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।
राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) रुजू (verification) गर्नका लागि दूतावासको इमेल eoncopenhagen@gmail.com मा पठाउनुहोस् ।
याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ, इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ। सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।
फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले ११ फेव्रुअरी २०२६ भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन। तसर्थ, समयमै राजस्व पठाउनु हुन अनुरोध छ ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ। यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् । राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।