सूचना

सूचना

स्वैच्छिक योगदानको लागि हार्दिक अपिल

मिति २०८३ भदौ १० गते, विहान ८:४० बजे रसुवाको  भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला लगायतका तटीय क्षेत्रहरुमा ठूलो जनधनको क्षति भएको छ ।बाढी लगतै नेपाल सरकारले सम्पूर्ण निकायहरू तथा संयन्त्रहरूलाई परिचालन गरी प्रभावित क्षेत्रहरूमा उद्धार, खोज तथा राहतका कार्यहरूलाई तीव्रता दिएको छ ।उक्त प्राकृतिक प्रकोपको कारण भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको छ ।यस विपत्तिको कठिन घडिमा विपत्तिबाट प्रभावितहरुलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन र आवश्यक दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषप्रधानमन्त्री राहत कोष को यसैसाथ संलग्न बैंक खाताहरुमा स्वैच्छिक आर्थिक सहयोग उपलब्ध गराइदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।साथै, यस लिंक https://pmdrf.nchl.com.np/ मार्फत बैंक कार्डबाट पनि सहयोग गर्न सकिने व्यहोरा समेत अनुरोध छ ।