नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।।

 

नेपाली राजदूतावास, कोपेनहेगनले नर्वेको ओस्लोमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १२ – १३ जनवरी २०२५ तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

  • मितिः १२ जनवरी २०२५  समयः    ११:00 – १९:00 hrs
  • मितिः १३ जनवरी 2025  समयः    १0:00 – १६:00 hrs
  • सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )
  • कार्यक्रम स्थलः Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA NCC NORWAY)

राहदानी आवेदन दिने तरीका

घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

  • दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्दा आवेदन दिने स्थान ओस्लो उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
  • मिति निम्न अनुसार छनौट गर्नु होसः
    1. १२ जनवरी २०२५ को समय छनौट गरी उक्त मितिमा आफूलाई अनुकूल हुने समय ११:00 देखि १९:00 बजेसम्म कुनै छनौट गर्नु होस ।
    2. १३ जनवरी २०२५ को समय छनौट गरी उक्त मितिमा आफूलाई अनुकूल हुने समय १0:00 देखि १६:00 बजेसम्म कुनै छनौट गर्नु होस ।

पुनश्चः फाराम भर्दा माथिका दुबै समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ ।  यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।  

  • तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस ।  (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस) फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् । फाराम भर्ने तरिकाका लागी दूतावासको वेवपेजमा हेर्नु होला ।

याद गर्नुहोसः सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

  • राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
  • डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) रुजू (verification) गर्नका लागि दूतावासको इमेल eoncopenhagen@gmail.com मा पठाउनु होस् ।

याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ। सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

  • फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले ७ जनवरी २०२५ भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन तसर्थ समयमै राजस्व पठाउनु हुन अनुरोध छ । 
  • राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
  • राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।
  • राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।

केही प्रश्नहरू

  • राहदानी आवेदन दिँदा कति समय लाग्छ?

तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

  • के राजस्व राहदानी आवेदन दिँदा का बखत तिर्न सकिन्छ?

सकिँदैन । पहिलानै बैङ्क मार्फत (bank transfer गरी) पठाउनु पर्दछ ।

  • राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?

तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ ।

  • थप जानकारी लिनका लागि कहाँ सम्पर्क गर्नु पर्दछ ।

थप जानकारीका लागि दूतावासको वेव पेजमा हेर्नुहोला । यदी वेवपेजमा कुनै जानकारी प्रयाप्त नभएमा दूतावासको सम्पर्क ठेगानामा सम्पर्क गर्नु होला ।