NRN Citizenship/NRN ID

१) गैर आवासीय नेपाली नागरिकता

क) गैर आवासीय नेपाली नागरिकता के हो?

नेपाल नागरिकता ऐन २०६३ को दफा ७(क) मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

ख) गैर आवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने?

गैर आवासीय नेपाली  नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले  आफू, आफ्नो बाबु, आमा, बाजे वा बज्यै मध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुक स्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिएमा दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने र आवेदकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नै गैर आवासीय नेपाली  नागरिकता लिनु पर्ने व्यवस्था रहेको छ । 

ग) के गैर आवासीय नेपाली नागरिकताका लागि दूतावासमा आवेदन दिन सकिन्छ?

 देहायका कागजात संलग्न गरी दूतावासमा आवेदन दिन सकिने व्यवस्था गरिएको भएतापनि गैर यस सम्बन्धी विस्तृत कार्यविधि तय भै नसकेको र नेपाली  नागरिकताको प्रमाणपत्र लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै जानु पर्ने व्यवस्था रहेकोले दूतावासमा आवेदन दिन चाहने व्यक्तिहरूले केही समय पर्खन दूतावास अनुरोध गर्दछ । यस सम्बन्धी थप जानकारी यसै पेजमा प्रकाशन गरिने छ ।

 घ) गैर आवासीय नेपाली नागरिकताका लागि आवेदन दिन के के कागजात आवश्यक पर्दछ?

  • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र,
  • साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाणपत्र,
  • विदेशी मुलुकको नागरिकता भएको पत्र,
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण पत्र,
  • नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र
  • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि,

ङ) विदेशी मुलुकको नागरिकता प्राप्त गरेको तर नेपाली नागरिकता त्याग नगरी गैर आवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सकिन्छ?

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाण-पत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाण पत्र समेत पेश गर्नु पर्नेछ

गैर आवासीय नेपाली परिचय पत्र (NRN ID)

Non-resident Nepalese (NRN) refers to both the foreigners with Nepalese origin whose parents or grandparents were once the citizen of Nepal and has subsequently acquired citizenship of a foreign country other than any SAARC member countries. This term also refers to the Nepalese people residing in a foreign country for more than two years in the process of pursuing profession, occupation, business or employment in any foreign country other than SAARC member countries. The Government of Nepal has enacted Non-resident Nepalese Act, 2008 and Non-resident Nepalese Rules, 2010 with a view to motivate non-resident Nepalese to take part in the all round development of the country through enhancement of attachment towards Nepal. These legal provisions have opened the vistas of opportunities to the NRNs to contribute in the socio-economic development of the country while guaranteeing certain rights and charting responsibilities to them. NRN of both categories are encouraged to obtain the NRN identity card to enjoy benefits as prescribed in NRN Acts and Rules.

Services to NRNs

Distribution of NRN Identity Card

NRN identity card is a card issued either by the Ministry of Foreign Affairs, Nepal or by the Nepalese Embassies or Consulates abroad. If you have renounced Nepalese Citizenship or you are of Nepalese Origin, you are eligible to apply for NRN identity card which is valid for ten (10) years. Similarly if you have not received foreign passport but living in foreign country you can apply for Non Resident Nepalese Identity Card that will have a validity period of two (2) years. NRN Identity Card will provide certain facilities in Nepal such as visa exemption, purchase of immovable property (land) as provided by the Act Relating to Non Resident Nepalese 2007 and Non-Resident Nepalese Regulations 2009.

The structure of fees for obtaining the NRN identity card is as mentioned below:

Registration Fee                           DKK 160

Issuance/Renewal of NRN ID Card                 DKK 4000
(For foreigners of Nepalese Origin)

Issuance/Renewal of NRN ID Card                 DKK 400
(For Nepalese Nationals)

(Download form here)

Note: Please go through Annexes I and II of NRN Regulations 2066 for the documents to be submitted.

Non-Resident Nepalese Visa

With the second amendment of the Immigration Rule, 2059, a new provision has been added for including a specific type of visa called as non-resident Nepalese visa. This type of visa facilitates the NRN or the people of Nepalese origin and their family members either to stay in Nepal for longer duration for personal business, business purpose or for study and research purpose. The visa is valid up to ten years and is renewable.

The Department of Immigration is the authorized agency to issue the NRN visa with the approval of the Ministry of Home Affairs for the first time. The application for the visa may also be submitted either through the Nepalese missions abroad or directly at the Department of Immigration.

In case of the NRNs who have not obtained the NRN ID card yet, a visa fee of US $ 110 is applicable. But for the students, it will be US$ 55 only.

For more information, please visit the following links:

NRN Act, 2064 (Download)
NRN Regulations, 2066 (Download)