स्वीडेनको स्टोकहोममा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।स्वीडेनको स्टोकहोममा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।।

स्वीडेनको स्टोकहोममा घुम्ती सेवा उपलब्ध गराउनेसम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही २०२४ जुन महिनाको १५ तारिखका दिन स्वीडेनको स्टोकहोममा, गैर आवासीय नेपाली संघ स्वीडेनको पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

मितिः १५ जुन २०२४
समय 11:00 – 18:00 hrs

सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नुहोला )
कार्यक्रम स्थलः Edvard Griegsgången 16, 164 32 Kista, Stockholm
स्वीडेनका लागि सम्पर्क व्यक्ती- गैर आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष गंगा प्रसाद घिमिरे: 076 2450 192
महासचिब राजेन्द्र तामाङ्ग: 0734981675
कोषाध्यक्ष शुवास घिमिरे: 0737543733

राहदानी आवेदन दिने तरीका
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस यहाँ क्लिक गर्नु होस । फाराम भर्दा आवेदन दिने स्थान स्वीडेनको स्टोकहोम उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
मिति १५ जुन २०२४ (घुम्ती सेवाको लागि मात्र) छान्नुहोस् र उक्त मितिमा आफूलाई अनुकूल हुने समय छनौट गर्नु होस ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस ।
याद गर्नुहोस् सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्चाउन कठीन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल eoncopenhagen@gmail.com मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि verify गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत verify गरेको confirmation आउने छ । सो अवधिमा confirmation नआएमा दूतावासको फोन नम्बर +45444026 मा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

फाराम verification को सूचना प्राप्त भए पश्चात् बैङ्क transfer गरी राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । (राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले जुन १२ गते भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन)

राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK

राजस्व रकम तथा अन्य जानकारीका लागि राहदानी पेजमा हेर्नु होला ।

राजस्व प्राप्त भए पश्चात् दूतावासबाट १ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी १ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको प्रिन्ट वा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति प्रिन्ट गरी सो तथा अन्य आवश्यक कागजात सहित माथि उल्लिखित स्थान र तपाइँले लिएको समयमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुनु होस् ।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
केही प्रश्नहरू

राहदानी आवेदन दिँदा कति समय लाग्छ?
तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनेट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

के राजस्व राहदानी आवेदन दिँदा का बखत तिर्न सकिन्छ?
सकिँदैन । पहिलानै बैङ्क ट्रान्सफर गरी बुझाउनु पर्दछ ।

राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?
तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ ।

थप जानकारी लिनका लागि काँहा सम्पर्क गर्नु पर्दछ ।
थप जानकारीका लागि दूतावासको राहदानी सम्बन्धी पेजमा हेर्नु होला । उक्त पेजमा कुनै द्विविधा भएमा दूतावासको सम्पर्क नम्बर +4544444026 वा दूतावासको ईमेल eoncopenhagen@gmail.com मा सम्पर्क गर्नु होला ।