विजया दशमी २०७५ को कार्यक्रम सम्बन्धी सूचना

विजया दशमी २०७५ को कार्यक्रम सम्बन्धी सूचना

(सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई दिदीबहिनीहरु)

नेपाली राजदूतावास, डेनमार्कले गैर-आवासीय नेपाली संघ, डेनमार्क लगायत डेनमार्कस्थित नेपाली संघ संगठनको समन्वयमा वडादशैं २०७५ को अवसरमा विजयादशमीका दिन निम्न समय र स्थानमा वडा दशैंको कार्यक्रम गर्दै छ:

उक्त कार्यक्रममा टीकाको दिन दिउसो १ बजेदेखि बेलुका ५ बजे सम्म यहाँहरुलाई अनुकुल हुने कुनै समयमा टिका-जमरा तथा प्रसाद ग्रहण र शुभकामना आदानप्रदानका लागि सहभागी हुनुहुन यो सूचना मार्फत् अनुरोध गरिन्छ । साथै सहभागिताको पूर्व-जानकारी तपसीलको इमेल तथा फोन मार्फत् गराइदिनु हुन तथा कुनै उपहारहरू नल्याउनु हुन समेत सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ ।

यहाँहरु सबैलाई विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।

तपसीलः

Venue: Ehlersvej 8, 2900 Hellerup (Residence of the Ambassador)

Date and Time: Friday, 19 October 2018, 13:00 hours to 17:00 hours

Contact Details: Tel: +4544444035/26, Email: eoncopenhagen@mofa.gov.np