COVID-19 का सम्बन्धमा जारी सूचना

COVID-19 भाइरसको बढ्दो प्रकोपका कारण थप सजगता अपनाउनु पर्ने देखिएकोले यस दूतावासको कार्यक्षेत्र अन्तरगत पर्ने मुलुकहरु डेनमार्क, नर्वे, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड, लिथुआनिया, लाट्भिया तथा स्टोनियामा रहेका नेपालीहरूलाई निम्न अनुसारको व्यवस्थाका सम्बन्धमा हार्दिक अनुरोध गरिएको छ ।

  • कोरोना भाईरस सङ्क्रमण र रोकथामका विषयमा आफू बसोबास गरेको मुलुकको सरकारबाट जारी सूचना/निर्देशनहरू तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (https://mohp.gov.np/en/) बाट समय समयमा जारी सूचना/निर्देशनहरूको अद्यावधिक जानकारी लिई सो को पालना गर्ने ।
  • अत्यावश्यक काममा बाहेक विदेश यात्रा नगर्ने र गर्नु परेमा आफू बसोबास गरेको मुलुक, आफू जुन मुलुकको भ्रमण गर्ने हो सो मुलुकको सरकारबाट समय समयमा जारी सूचना/निर्देशनको अद्यावधिक जानकारी लिई सो अनुसार गर्ने । नेपाल भ्रमण गर्नका लागि नेपाल सरकारबाट जारी सूचना/निर्देशनहरूको अद्यावधिक जानकारी लिई सोही अनुसार गर्ने । नेपाल सरकारबाट जारी सूचनाका लागि अध्यागमन विभागको वेब पेज http://www.nepalimmigration.gov.np/ हेर्नु हुन अनुरोध छ ।
  • दूतावासबाट लिनु पर्ने विभिन्न सेवाका लागि सकभर व्यक्तिको शारीरिक उपस्थिति विना नै सेवा प्रदान गरिने छ । यसका लागि आवश्यकता अनुसार दूतावासको इमेल, टेलिफोन तथा हुलाक सेवाको प्रयोग गर्न सकिने छ । आफै उपस्थित हुनु पर्ने वारेसनामा वा मन्जुरनामा प्रमाणीकरणका लागि दूतावासमा सम्पर्क गरी भेटको समय तय भए पश्चात मात्र दूतावास आउनु हुन अनुरोध छ ।  
  • कुनै आकस्मिक अवस्था आईपरेमा यस दूतावासका तृतीय सचिव श्री केशव राज पन्थीको मोवाई नम्बर +४५७१६३९४५६ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।  
  • आफ्नो र अरूको सुरक्षाका लागि सतर्क रही विश्व स्वास्थ्य सङ्गठन (WHO) जस्ता विश्वसनीय संस्थाद्वारा जारी सूचना तथा जानकारी प्रति अद्यावधिक रही स्वस्थ बानी अनुसरण गर्नु हुन अनुरोध छ । विश्व स्वास्थ्य सङ्गठनका सूचनाका लागि (https://www.who.int/) हेर्नु हुन अनुरोध छ ।
  • दूतावासको कार्यक्षेत्र अन्तरगतका मुलुकका नागरिकहरूले अत्यावश्यक परी नेपाल भ्रमण गर्नु परेमा यस दूतावास वा सम्बन्धित अवैतनिक महावाणिज्य दूतावासमा भिषाका लागि आवेदन दिन सकिने व्यवस्था मिलाईएको छ । यसरी आवेदन दिँदा नेपाल जानु पर्ने जरुरी कारण सहित COVID-19 बाट मुक्त भएको हालैको (बढीमा एक हप्ता पहिला जारी भएको)प्रमाण पत्र समेत पेश गर्नु  पर्ने तथा नेपाल भ्रमण गर्दा समेत नेपालको अध्यागमन बिन्दुमा हालैको (बढीमा एक हप्ता पहिला जारी भएको) COVID-19 बाट मुक्त भएको प्रमाण पत्र पेश गर्नु पर्ने भएको व्यहोरा जानकारीका लागि अनुरोध छ । भिषा सम्बन्धमा गरिएको व्यवस्थाका लागि भिषा सम्बन्धी सूचना हेर्नु होला । ।

नेपाली राजदूतावास, कोपनहेगन

२९ फागुन २०७६