नेपाली दूतावास कोपेनहेगन, डेनमार्कको
स्टकहोम(स्वीडेन) मा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।
यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप आगामी जुन ३० र जुलाई १ तारिखका दिन स्वीडेनको स्टकहोममा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
१. मितिः 30 June 2023 समयः 15:00 – 18:00 hrs.
मितिः 01 July 2023 समयः 10:00 – 12:00 hrs.
२. सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (सकभर अन्य सेवा समेत प्रदान गरिने भएकोले सो चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला)
३. कार्यक्रम स्थलः Stökhagsvägen 64, 145 50 Norsborg, Stockholm.
राहदानी आवेदन दिने तरीका
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।
१. दूतावासको वेब पेजमा दिए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस । फाराम भर्दा आवेदन दिने स्थान स्टकहोम उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
२. आफूलाई जुन मिति अनुकूल हुन्छ सो मिति र उक्त मितिमा उपलब्ध समय छनौट गर्नु होस । अर्थात् ३० जुन वा १ जुलाई मध्ये कुनै एक दिन छान्नु होस र आफ्नो सुविधा अनुसारको समय छान्नुहोस् ।
(पुनश्चः फाराम भर्दा माथिका दुबै दिनका समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समय छनौट गरी फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ । यदी अन्य दिन छनौट गरी फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । )
३. तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस । (राहदानीका निमित्त आवेदन फाराम भर्ने तरिकाका लागि यहाँ थिच्नु होस् ।
याद गर्नुहोसः सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा विवरण सच्याउन कठिन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।
४. राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
५. डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल nepalpassport@gmail.com मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको १ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ । सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।
६. फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला ।(याद गर्नुहोस्ः डेनमार्क बाहिरबाट बैङ्क ट्रान्सफर गरी पठाएको रकम जम्मा हुन कम्तीमा २ कार्य दिन लाग्ने भएकोले समयमै राजस्व पठाउनु होला । समयमै राजस्व पुगोस् भन्नका लागि ढिलोमा पनि मङ्गलवार, जुन २७ भित्र रकम पठाउनु होला, राजस्व जम्मा नभएमा सेवा दिन सकिने छैन । )
- राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
- राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।
- राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
केही प्रश्नहरू
- राहदानी आवेदन दिँदा कति समय लाग्छ?
तपाइँले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।
- के राजस्व राहदानी आवेदन दिँदा का बखत तिर्न सकिन्छ?
सकिँदैन । पहिलानै बैङ्क ट्रान्सफर गरी बुझाउनु पर्दछ ।
- राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?
तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ । तर, रोजगारी, अध्ययन जस्ता विशेष अवस्थाका कारण राहदानी नबनाइ नहुने अवस्था राहदानीको म्याद १ वर्ष भन्दा बढी अवधि भएमा पनि नवीकरण गर्न सकिन्छ । यसका लागि आवश्यक प्रमाण पेश गर्नु पर्ने छ ।
- थप जानकारी लिनका लागि कहाँ सम्पर्क गर्नु पर्दछ ।
थप जानकारीका लागि दूतावासको सम्पर्क ठेगानामा सम्पर्क गर्नु होला ।
Embassy of Nepal
Esplanaden 46, 2 sal. 1263 Copenhagen, Denmark
Tel: +45 44 44 40 26
email: nepalpassport@gmail.com