हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना !

फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउनेसम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही २०२४ अक्टोवर महिनाको १७, १८, १९, र २० तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा, गैर आवासीय नेपाली संघ फिनल्याण्डसँगको समन्वयमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । साथै, यस घुम्ती सेवामा तपाँइको हालको राहदानीको म्याद ३१ मेई २०२५ सम्म वा भन्दा कम छ भने र राहदानी हराएका तथा Damage भएका सेवाग्राहीहरुले मात्र आवेदन दिन सकिनेछ।

मितिः १७ अक्टोवर २०२४, समय निश्चित भैनसकेको
मितिः १८ अक्टोवर २०२४, समय 11:00 – 19:00 hrs
मितिः १९ अक्टोवर २०२४, समय 11:00 – 19:00 hrs
मितिः २० अक्टोवर २०२४, समय 11:00 – 19:00 hrs

सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नुहोला )
कार्यक्रम स्थलः Kankiraudantie 1, 00700, Helsinki
फिनल्याण्डका लागि सम्पर्क व्यक्ती- गैर आवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष Luv Upadhayay: +358 445657739
गैर आवासीय नेपाली संघ फिनल्याण्डका उपाध्याक्ष Yogendra Sangraula: 0440233778

मिति १९ अक्टोवर २०२४ (घुम्ती सेवाको लागि मात्र) उपलब्ध समय छान्नुहोस् र उक्त मितिमा उपलब्ध समय छनौट गरी राहदानी Enrolment तथा Biometrics समयका लागि गैर आवासीय नेपाली संघ फिनल्याण्डसँग समन्वय गर्नुहोस।

राहदानी आवेदन दिने तरीका
घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस यहाँ क्लिक गर्नु होस । फाराम भर्दा आवेदन दिने स्थान फिनल्याण्डको हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।

मिति १९ अक्टोवर २०२४ (घुम्ती सेवाको लागि मात्र) छान्नुहोस् र उक्त मितिमा उपलब्ध समय छनौट गरी राहदानी Enrolment तथा Biometrics समयका लागि गैर आवासीय नेपाली संघ फिनल्याण्डसँग समन्वय गर्नुहोस ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस ।
याद गर्नुहोस् सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्चाउन कठीन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नुहोला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल eoncopenhagen@gmail.com मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि verify गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत verify गरेको confirmation आउने छ । सो अवधिमा confirmation नआएमा दूतावासको फोन नम्बर +4544444026 मा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

फाराम verification को सूचना प्राप्त भए पश्चात् बैङ्क transfer गरी राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । (राजस्व transfer हुन २ -३ दिन लाग्ने भएकोले २०२४ अक्टोवर १४ गते भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन)

राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK

राजस्व रकम तथा अन्य जानकारीका लागि राहदानी पेजमा हेर्नु होला ।

राजस्व प्राप्त भए पश्चात् दूतावासबाट १ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी १ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको प्रिन्ट वा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति प्रिन्ट गरी सो तथा अन्य आवश्यक कागजात सहित माथि उल्लिखित स्थान र तपाइँले लिएको समयमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुनु होस् ।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
केही प्रश्नहरू

राहदानी आवेदन दिँदा कति समय लाग्छ?
तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनेट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

के राजस्व राहदानी आवेदन दिँदाका बखत तिर्न सकिन्छ?
सकिँदैन । पहिलानै बैङ्क ट्रान्सफर गरी बुझाउनु पर्दछ ।

राहदानीको कति अवधि बाँकी रहेको र कुन अवस्थामा आवेदन गर्न सकिन्छ?
यस घुम्ती सेवामा तपाँइको हालको राहदानीको म्याद ३१ मेई २०२५ सम्म वा भन्दा कम छ भने र राहदानी हराएका तथा Damage भएका सेवाग्राहीहरुले मात्र आवेदन दिन सकिनेछ।।

थप जानकारी लिनका लागि काँहा सम्पर्क गर्नु पर्दछ ।
थप जानकारीका लागि दूतावासको राहदानी सम्बन्धी पेजमा हेर्नु होला । उक्त पेजमा कुनै द्विविधा भएमा दूतावासको सम्पर्क नम्बर +4544444026 वा दूतावासको ईमेल eoncopenhagen@gmail.com मा सम्पर्क गर्नु होला ।