दूतावास बन्द रहने बारेको सूचना ।

दूतावास बन्द रहने बारेको सूचना ।

यस दूतावासले जुन ३१ तथा जुलाई १ तारिखका दिन स्वीडेनको स्टकहोममा घुम्ती सेवा सञ्चालन गर्ने भएकोले जुलाई १ तारिख शनिवार तथा जुलाई २ आइतवारका दिन राहदानी आवेदनका  लागि समय खुला गरिएको छ । प्राविधिक कारणले स्टकहोममा नै समय लिने व्यवस्था मिलाउन नसकिएकोले कोपेनहेगनमा समय लिने व्यवस्था गरिएको हो । तसर्थः उक्त दुबै दिन ( जुलाई १ तारिख शनिवार तथा जुलाई २ आइतवार) दूतावास बन्द रहने भएको र दूतावासबाट कुनै सेवा प्रदान नगरिने भएकोले सोही व्यहोरा सूचित गरिएको छ ।

नेपाली राजदूतावास, कोपेनहेगन

१२ असार २०८०