फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना।

घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही २०२४ मार्च महिनाको ३० र ३१ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा NRNA, Finland पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

मितिः ३० र ३१ March 2024
समयः 10:00 – 17:00 hrs
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )
कार्यक्रम स्थलः Laippatie 4C, 00880 Helsinki
राहदानी आवेदन दिने तरीका

घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । (राहदानी आवेदन फाराम भर्न यहाँ थिच्नु होस) फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।
मिति ३० र ३१ मार्च २०२४(घुम्ती सेवाको लागि मात्र) छान्नुहोस् र उक्त मितिमा आफूलाई अनुकूल हुने समय छनौट गर्नु होस ।
तत्पश्चात् रीत पूर्वक राहदानी आवेदन फाराम भर्नु होस ।
याद गर्नुहोस् सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्चाउन कठीन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।
डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल nepalpassport@gmail.com मा पठाउनु होस् ।
याद गर्नुहोस्: फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि verify गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत verify गरेको confirmation आउने छ । सो अवधिमा confirmation नआएमा दूतावासको फोन नम्बर +45444026 मा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

फाराम verification को सूचना प्राप्त भए पश्चात् बैङ्क transfer गरी राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । (राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले मार्च २५, २०२४ भित्रमा अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छैन)

राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK

राजस्व रकम तथा अन्य जानकारीका लागि राहदानी पेजमा हेर्नु होला ।

राजस्व प्राप्त भए पश्चात् दूतावासबाट १ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी १ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
राहदानी आवेदन फारामको प्रिन्ट वा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति प्रिन्ट गरी सो तथा अन्य आवश्यक कागजात सहित माथि उल्लिखित स्थान र तपाइँले लिएको समयमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुनु होस् ।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।
केही प्रश्नहरू

राहदानी आवेदन दिँदा कति समय लाग्छ?
तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनेट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

के राजस्व राहदानी आवेदन दिँदा का बखत तिर्न सकिन्छ?
सकिँदैन । पहिलानै बैङ्क ट्रान्सफर गरी बुझाउनु पर्दछ ।

राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?
तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ ।

थप जानकारी लिनका लागि काँहा सम्पर्क गर्नु पर्दछ ।
थप जानकारीका लागि दूतावासको राहदानी सम्बन्धी पेजमा हेर्नु होला । उक्त पेजमा कुनै द्विविधा भएमा दूतावासको सम्पर्क नम्बर +4544444026 वा दूतावासको ईमेल nepalpassport@gmail.com मा सम्पर्क गर्नु होला ।