हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

 

नेपाली राज दूतावास कोपेनहेगने, डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप आगामी मे महिनाको ५ र ६ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

१. मितिः 5 May 2023  समयः      09:00 – 13:00 hrs

मितिः  6 May 2023  समयः      09:00 – 13:00 hrs

२. सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )

३. कार्यक्रम स्थलः Juustenintie 3, 00410 Helsinki, Finland

राहदानी आवेदन दिने तरीका

घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

१. दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस । फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।

२. आफुलाई अनुकूल हुने मिति 5 May वा 6 May छान्नुहोस् र उक्त मितिमा आफूलाई अनुकूल हुने समय छनौट गर्नु होस ।

(पुनश्चः फाराम भर्दा माथिका दुबै समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ ।  यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।  )

३. तत्पश्चात् रीतपूर्वक राहदानी आवेदन फाराम भर्नु होस । (राहदानीका निमित्त आवेदन फाराम भर्ने तरिकाका लागि यहाँ थिच्नु होस् ।

याद गर्नुहोसः सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र उक्त राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

४. राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।

५. डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल nepalpassport@gmail.com मा पठाउनु होस् ।

याद गर्नुहोस्: फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि verify गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत verify गरेको confirmation आउने छ । सो अवधिमा confirmation नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

६. फाराम verification को सूचना प्राप्त भए पश्चात् बैङ्क transfer गरी राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । (राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले मे २ भित्रमा राजश्व पठाउनु होला ।)

७. राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।

८. राहदानी आवेदन फारामको प्रिन्ट वा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति प्रिन्ट गरी सो तथा अन्य आवश्यक कागजात सहित माथि उल्लिखित स्थान र तपाइँले लिएको समयमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।

९. राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।

केही प्रश्नहरू

  • राहदानी आवेदन दिँदा कति समय लाग्छ?

तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

  • के राजस्व राहदानी आवेदन दिँदाका बखत वा नगदमा तिर्न सकिन्छ?

सकिँदैन । पहिलानै बैङ्क ट्रान्सफर गरी बुझाउनु पर्दछ ।

  • राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?

तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ ।

  • थप जानकारीका लागि कहाँ सम्पर्क गर्नु पर्दछ ।

थप जानकारीका लागि दूतावासको वेव पेजमा हेर्नुहोला । वेव पेजमा जानकारी प्राप्त हुन नसकेमा दूतावासको ठेगानामा सम्पर्क गर्नु होला ।

(दूतावासमा सम्पर्क हुन नसकेमा मोवाईल नम्बर  +4571639456 मा सम्पर्क गर्नु होला )