ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

 

नेपाली राजदूतावास, कोपेनहेगने, डेनमार्कको

ओस्लो, नर्वेमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही मे महिनाको १९ र २० तारिखका दिन नर्वेको ओस्लोमा विद्युतीय राहदानी आवेदन दिने गरी सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।

मिति, समय तथा स्थानः

मितिः

क. 19 May 2023  समयः    13:00 – 17:00 hrs

ख.  20 May 2023  समयः    10:00 – 15:00 hrs

  • कार्यक्रम स्थलः Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA NCC NORWAY)
  • सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application)

(सकभर अन्य सेवा समेत प्रदान गरिने भएकोले सो चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )

राहदानी आवेदन दिने तरीका

घुम्ती सेवा अन्तर्गत राहदानी आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।

१. दूतावासको वेब पेजमा दिइए अनुसार राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुहोस् । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस । फाराम भर्दा आवेदन दिने स्थान हेलसिन्की उपलब्ध हुने छैन त्यस कारण NE, Copenhagen छनौट गर्नुहोस् ।

२. मिति निम्न अनुसार छनौट गर्नु होसः

    • १९ मे मा आवेदन दिनका लागि सोही दिन अर्थात १९ मे छान्नुहोस् र उक्त मितिमा आफूलाई अनुकूल हुने समय छनौट गर्नु होस ।
    • २० मे मा आवेदन दिनका लागि उक्त दिन उपलब्ध हुन नसकेकोले २१ मे छान्नुहोला र आफूलाई अनुकूल हुने समय छनौट गर्नुहोला ।

याद गर्नुहोस्: २१ मे छनौट गरे पनि २० मे को दिन छनौट गरेको समयमा आवश्यक कागजात सहित उपस्थित हुनुहोस् ।

(पुनश्चः फाराम भर्दा माथिका दुबै समय उपलब्ध नभएमा क्रमशः समय थप गरिदैं जाने भएकोले पुनः प्रयास गर्नु हुन र अन्य दिनको समयमा फाराम नभर्नू हुन दूतावास अनुरोध गर्दछ ।  यदी अन्य दिनको फाराम भरी सक्नु भएको छ भने समय लिएर आउने आवेदकको आवेदन सकिए पछि आवेदन लिइने व्यवस्था हुने छ । तसर्थः दोहोरो पर्ने गरी अर्थात् एकै व्यक्तिको दुईपटक फाराम नभर्नू होला । दोहोरो फाराम भर्दा राहदानी अस्वीकृत हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।  )

३. तत्पश्चात् रीतपूर्वक राहदानी आवेदन फाराम भर्नु होस । (राहदानीका निमित्त आवेदन फाराम भर्ने तरिकाका लागि यहाँ थिच्नु होस् ।

याद गर्नुहोसः सेवा ग्राहीको चाँपका कारण छिटो सेवा दिनु पर्ने भएकोले राहदानी आवेदन दिने समयमा सच्याउन कठिन हुनेछ । साथै राहदानी आवेदन दिई सके पश्चात् राहदानी तयार हुने र तयार राहदानीमा त्रुटि हुन गएमा पुनः राजस्व तिर्ने लगायत सबै प्रकृया पुरा गरी राहदानी बनाउनु पर्ने भएकोले राहदानी आवेदन फाराम भर्दा ध्यान पूर्वक भर्नु होला । साथै आवश्यक सबै कागजात उच्च गुणस्तरमा अपलोड गर्नु होला ।

४. राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।

५. डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) रुजू (verification) गर्नका लागि दूतावासको इमेल nepalpassport@gmail.com मा पठाउनु होस् । पठाउँदा Subject मा PP verification: Oslo mobile service लेख्नुहोला ।

याद गर्नुहोस्: फाराम रुजू दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि फाराम रुजू गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत रुजू गरेको जानकारी आउने छ । सो अवधि सम्ममा जानकारी नआएमा दूतावासको फोन नम्बरमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला ।

६. फाराम रुजू भएको सूचना प्राप्त भए पछि बैङ्क मार्फत राजस्व पठाउनु होस र सो को विवरण इमेल मार्फत पठाउनुहोस् । राजस्व सम्बन्धी जानकारीका लागि दूतावासको वेवपेजमा हेर्नुहोला । (डेनमार्क बाहिरबाट पठाएको रकम जम्मा हुन १-२ कार्यदिन दिन लाग्ने भएकोले समयमै राजस्व पठाउनु होला । समयमै राजश्व पुगोस भन्नका लागि ढिलोमा पनि सोमवार मे १५ भित्र रकम पठाउनु होस)

  • राजस्व प्राप्त भए पश्चात् दूतावासबाट २ कार्य दिन भित्र आम्दानी रसिद ईमेल मार्फत उपलब्ध गराइने छ । यदी २ कार्य दिन भित्र इमेल मार्फत प्राप्त नभएमा टेलिफोन मार्फत सम्पर्क गर्नुहोला ।
  • राहदानी आवेदन फारामको सकभर छापिएको र सो हुन नसकेमा डिजिटल प्रति १ र राजस्व तिरेको रसिदको १ प्रति तथा अन्य आवश्यक कागजात सहित आफूले छनौट गरेको समयमा उल्लिखित स्थानमा आवेदक स्वयं (नाबालिगको हकमा अभिभावक समेत) उपस्थित हुन होस् ।
  • राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया दूतावासमा आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने छ ।

केही प्रश्नहरू

  • राहदानी आवेदन दिँदा कति समय लाग्छ?

तपाँईले लिएको समयमा आवश्यक कागजात सहित उपस्थित हुनु भएमा १०-१५ मिनट लाग्छ । तर सेवा ग्राहीको चाँप बढी भएमा सो भन्दा बढी समय लाग्न सक्छ ।

  • के राजस्व राहदानी आवेदन दिँदा का बखत तिर्न सकिन्छ?

सकिँदैन । पहिलानै बैङ्क मार्फत (bank transfer गरी) पठाउनु पर्दछ ।

  • राहदानीको कति अवधि बाँकी रहेको अवस्थामा आवेदन गर्न सकिन्छ?

तपाँइको हालको राहदानीको म्याद १ वर्ष भन्दा कम छ भने आवेदन दिन सकिन्छ ।

  • थप जानकारी लिनका लागि काँहा सम्पर्क गर्नु पर्दछ ।

थप जानकारीका लागि दूतावासको सम्पर्क ठेगानामा सम्पर्क गर्नु होला ।