Celebration of National Day of Nepal

प्रेस विज्ञप्ती

नेपाली राजदूतावास डेनमार्कले आज कोपेनहेगनस्थित एशिया हाउसमा सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनायो । सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

उक्त अवसरमा बोल्दै महामहिम राजदूत श्री युवनाथ लम्सालले नेपालको संविधानले मानव अधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका जस्ता संसारका सर्वमान्य सिद्धान्तहरुलाई राम्रोसंग अंगिकार गरेको र संविधान सभाबाट जारी यो संविधान संसारकै लागि एक नमूना संविधान भएको कुरा बताउनु भयो । साथै उहांले नेपाल आर्थिक र सामाजिक विकासतर्फ अघि बढेको र अहिले नेपालमा व्यापार र लगानी गर्न सबैभन्दा राम्रो समय भएको कुरा बताउनु भयो ।

नेपाली राजदूतावास
डेनमार्क ।
२०७५ ।0६।0३

 

Press Release

The Embassy of Nepal in Copenhagen celebrated National Day of Nepal organizing a reception and cultural programme today (19 September 2018) at Asia House, Copenhagen. Heads of Diplomatic Missions, high level officials of the Ministry of Foreign Affairs and other government agencies of Denmark and representatives of Nepali organizations were present on the occasion. Various Nepali dances were performed by International Artist Society (INAS), Nepal on the occasion.

While delivering welcome speech H. E. Yuba Nath Lamsal stated that the new Constitution has guaranteed all universally accepted democratic and human rights principles, independent judiciary and the constitution promulgated by elected Constituent Assembly has been exemplary in the world. He also mentioned that Government of Nepal is focusing on economic and social development. He further said that it has been a most favorable time for trade and investment in Nepal.

The Embassy of Nepal

Denmark
Wednesday, 19 September 2018