१२.५ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ “क” (५ वर्षे) विक्रि खुला भएको सूचना ।

नेपाल सरकारको १२.५ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ “क” (५ वर्षे) मिति २०८९ फागुन १४ देखी २०८९ चैत्र ३ सम्म विक्री खुल्ला हुने जानकारी नेपाल राष्ट्र बैङ्क मार्फत प्राप्त हुन आएको छ । रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिकहरू तथा विदेशमा बसोबास गर्ने गैर-आवासीय नेपालीहरूले उक्त बचत पत्रमा लगानजी गर्नका लागि नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको प्रक्रियाअनुसार अनलाइन आवेदन भर्न सक्ने व्यवस्था गरिएको छ । तसर्थ नेपाल राष्ट्रबैङ्कबाट जारी उक्त बचत पत्रमा लगानी गरी लाभ लिनु हुन डेनमार्क तथा यस दूतावासको कार्यक्षेत्र अन्तर्गत पर्ने मुलुकहरू आइसल्याण्ड, स्टोनिया, नर्वे, फिनल्याण्ड,  लाट्भिया, लिथुआनिया, तथा  स्वीडेनमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा दूतावास अनुरोध गर्दछ ।  

बचत पत्र सम्बन्धमा गरिएको व्यवस्थाको विस्तृत जानकारी नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी गरिएको “वैदेशिक रोजगार बचत पत्र सम्बन्धी कार्यविधि २०६९ (दोस्रो संशोधन २०७६)” हेर्नु होला ।